punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवा, प्रचण्ड र नेपाल सुदूरपश्चिम आउँदै

Chaupati
safha napa

सत्ता गठबन्धनका ३ शीर्ष नेताहरु चुनावी सभाका लागि सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला र बैतडी पुग्ने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिममा नै छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि सुदूरपश्चिम पुग्न लागेका हुन्।

सत्ता गठबन्धनका दलहरुले बुधबार दार्चुला र बैतडीमा चुनावी सभा गर्न लागेका छन्। केही दिन गृहजिल्ला डडेलधुराको चुनावी कार्यक्रममा व्यस्त भएका प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गरेपछि मात्रै काठमाडौं फर्किने कार्यक्रम छ।

डडेलधुराबाट धनगढी फर्किएका प्रधानमन्त्री देउवाले आफ्नो निजी निवासमै कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका छन्। ‘प्रधानमन्त्रीज्यू डडेलधुराबाट फर्केर अहिले धनगढी निवासमा हुनुहुन्छ। बैतडी र दार्चुलाको कार्यक्रममा सहभागी भएपछि काठमाडौं फर्कनुहुन्छ,’ कांग्रेस कैलालीका सचिव नृप सुनारले भने। उम्मेदवारी चयनका विषयमा असन्तुष्ट कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकालाई निवासमै बोलाएर प्रधानमन्त्रीले छलफल गरिरहेको कांग्रेस कैलालीका सचिव सुनारले बताए।

सचिव सुनारका अनुसार कैलाली क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीलाई पनि प्रधानमन्त्रीले भेटेका थिए। जोशीलाई प्रधानमन्त्रीले उम्मेदवारी फिर्ता लिन आग्रह गरेको जनाइएको छ। यद्यपि, उनले प्रधानमन्त्रीसँग भेटघाट सकेर फर्केपछि सामाजिक सञ्जालमार्फत आफनो उम्मेदवारी यथावत रहेको जानकारी गराएका छन्।

प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई भेटेर निर्वाचनमा शसक्त रुपमा खट्न निर्देशन दिएको जनाइएको छ। उनले चुनावमै केन्द्रित रहेर प्रधानमन्त्री देउवा कार्यकर्ता छलफलमा व्यस्त रहेको बताइएको छ।

 


२२ कात्तिक २०७९, मंगलवार ०९:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु