punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्ड र नारायणकाजीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा उनीहरुलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका प्रचण्ड उपस्थित कार्यक्रममा हसिय हतौडा संकेत रहेको नेपाली टोपी प्रयोग गरेको उजुरीको आधारमा आयोगले स्पष्टिकरण सोधेको हो। उक्त कार्यक्रममा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष दुवै उपस्थित भएका कारणले आयोगले स्पष्टीकरण सोधेको जनाएको छ।

निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ।

निर्वाचन प्रचारप्रसारको लागि क्यापको प्रयोग गर्ने कार्यबाट निर्वाचन आचारसंहिताको उक्त दफा उल्लंघन हुने देखिएकाले पत्र प्राप्त भएको २४ घण्टाभित्र र्वाचन आयोग नेपाल वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ।

 

 


२२ कात्तिक २०७९, मंगलवार ०९:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु