punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि सुरु हुने

Chaupati
safha napa

सुदूरपश्चिम महोत्सवको १६ औं संस्करण मंसिर २२ देखि आयोजना हुने भएको छ । विगत १६ वर्षदेखि प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रबद्र्धनका लागि हुँदै आएको महोत्सवको तयारी सुरु भएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

संघका अध्यक्ष पुष्पराज कुँवरले ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ हरेक वर्ष झै यो वर्षपनि मंसिर २२ देखि पुस २ गतेसम्म महोत्सव आयोजना हुने बताए ।

संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुँवरले महोत्सवलाई सुदूरपश्चिमको औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेलाको रूपमा मनाइने बताए । उनले कृषि उत्पादन, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलोक्ट्रोनिक, होटल, सूचना प्रविधिलगायत व्यापारिक, रमाइलो मेला तथा बाल उद्यान सहितका ३ सयभन्दा बढी स्टल रहने बताए ।

 


२१ कात्तिक २०७९, सोमवार १८:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु