punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान

Chaupati
safha napa

बलात्कार मुद्दा लागेका राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि केन्द्रीय कारागार, सुन्धारा चलान भएका छन्। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले ‘प्रतिवादी निर्दोष रहेछन् भनी मान्न नमिल्ने’ ठहर गर्दै थुनामा रहेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि उनलाई केन्द्रीय कारागार चलान गरिएको हो।

लामिछानेका कानुन व्यवसायीले प्रस्तुत गरेका किशोरीको जन्मदर्ता अभिलेख किताबको सक्कल प्रति सम्बन्धित कार्यालयबाट झिकाउन अदालतले भनेको छ। किशोरीले नागरिकता प्रमाण पत्र बनाउँदा भरेको अनुसूची फारमसहितको प्रतिलिपी पनि अदालतले मगाएको छ।

न्यायाधीश घिमिरेले आदेश पर्चामा किशोरीसँग रातभर एउटै कोठामा रहेकोमा विवाद नदेखिएको उल्लेख गरेका छन् । लामिछाने स्वयंले पनि पीडितले उल्लेख गरेको होटल काठमाडौं इनको एउटै कोठामा बसेको स्वीकार्दै बयान दिएका छन्।


१९ कात्तिक २०७९, शनिवार ०७:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु