punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेलधुरामा सत्ता गठबन्धनको निर्वाचन परिचालन समिति गठन

Chaupati
safha napa

सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादीले संयुक्त रूपमा निर्वाचन परिचालन मूल समिति गठन गरेका छन्। मंगलबार बसेको वाम लोकतान्त्रिक गठबन्धनका साझेदार दलहरूको बैठकले ९ सदस्यीय जिल्ला निर्वाचन परिचालन मूल समिति गठन गरेको हो।

नेपाली कांग्रेस डडेलधुरा सभापति भीमबहादुर साउद संयोजक र माओवादी केन्द्रका जिल्ला इन्चार्ज जगतबहादुर पार्की सह–संयोजक तोकिएको नेपाली कांग्रेस डडेलधुराका सचिव शेरबहादुर भण्डारीले जानकारी दिए।

यसैगरी प्रदेशसभा (क) को निर्वाचन क्षेत्र परिचालन समितिको संयोजकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य भरत धानुक पुकारलाई चयन गरिएको छ। उनको संयोजकत्वमा १२ सदस्यीय समिति गठन गरिएको छ। सह–संयोजकमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति कैलाशकुमार पाण्डेय रहेका छन ।

यसैगरी प्रदेशसभा (ख) मा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तारक बुढाऐरको संयोजकत्वमा १२ सदस्यीय समिति गठन गरिएको छ। सह–संयोजकमा माओवादी केन्द्रका प्रदेश सदस्य गणेश सार्की रहनु भएको छ।

नेकपा एकीकृत समाजवादी डडेलधुरा भने सत्ता गठबन्धनमा बैठकमा सहभागी भएको छैन। डडेलधुरा प्रदेशसभा (ख) मा उम्मेदवारको दाबी गरेको समाजवादीले आफ्नो पार्टीले टिकट नपाएपछि गठबन्धनबाट बाहिरिएको छ। एकीकृत समाजवादीसँग पनि वार्ता चलिरहेको सचिव भण्डारीले जानकारी दिए।


२६ असोज २०७९, बुधवार ०८:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु