punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सर्पले डस्दा एक बालिकाको मृत्यु

Chaupati
safha napa

गोमन सर्पले डस्दा झापा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ८ वर्षीया श्रुति सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

श्रुति बुधबार गौरादह नगरपालिका ९ स्थित बैगुन्धुरा मावलमा दशैंको टिका लगाउन गएकी थिइन्। कोठाको भुईँमा ओछ्यान लगाएर सुतेको बेला राति साढे एक बजेतिर श्रुतिलाई सर्पले डसेको थियो। सर्पले डसेर घाइते भएकी श्रुतिलाई उपचारको लागि दमकस्थित लाइफलाइन अस्पताल ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। उनी दमक नगरपालिका २ का वडाध्यक्ष प्रजापति सापकोटाकी नातिनी हुन् ।

 


२० असोज २०७९, बिहीवार १४:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु