डोटीमा बलात्कारको आरोपमा एकजना पक्राउ
डोटीमा बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जोरायल गाउँपालिका–२, डाँडाखाली बस्ने ७७ वर्षीय श्रीधर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रीधरले ती महिलालाई घरनजिकैको सामुदायिक वनमा लगेर बलात्कार गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको छ ।
२० असोज २०७९, बिहीवार १७:२७ बजे प्रकाशित































