punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रवि लामिछानेलाई डेंगु संक्रमण

Chaupati
safha napa

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ । रविले आफ्नो फेसबुक पेजमा आफूलाई संक्रमण देखिएको जानकारी दिएका छन् ।

बिहिबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईका लक्षण देखिन थालेको थियो । आज परिक्षण गराउँदा डेंगु देखियो ।

डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर, तनहुँ, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरुमा सहभागी हुन नसकिने कुराको जानकारी गराउँदछु ।’ उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए ।

 


१३ असोज २०७९, बिहीवार १३:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु