punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङको बुंगल नगरपालिकाले बजेट अझैं पेस गरेन

Chaupati
safha napa

नयाँ आर्थिक वर्ष सुरु भएर दुई महिना बित्न लाग्दा पनि अझै बझाङको बुंगल नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को बजेट पेस गरेको छैन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अटेरी गरी बजेट पेश नगर्ने स्थानीय तहमा सुदूरपश्चिम प्रदेशमा २ वटा स्थानीय तह रहेका छन् ।

नियममा स्थानीय तहले असार मसान्त भित्र चालु आर्थिक वर्षको बजेट पेश गरिसक्नु पर्ने व्यवस्था रहेको छ । तर सुदुरपश्चिम प्रदेशका दुई स्थानीय तहले भने अटेरी गरी बजेट नै पेश नगरी बसेका छन् । आगामी आर्थिक वर्षका लागि बुंगल नगरपालिकामा ४६ करोड २३ लाख बजेट गत जेठमा नगरसभा मार्फत नीति तथा कार्यक्रम पेश गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशका बुंगल नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकाले हालसम्म बजेट पेस गरेका छैनन् । यता बुंगल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले बजेट पेस गरिसकेको भनेर आलटाल गरिरहेका बताए।

उपमेयर धनबहादुर बोहराले भने आफूले बेलाबेला बजेट पेस गर्न भने पनि नेटले काम नगर्दा पेस गर्न नसकेको कर्मचारीबाट जवाफ आएको बताएका छन् । २ हप्तादेखि आमा बिरामी भएर धनगढी अस्पतालमा रहेकाले यस विषयमा आफूलाई थप जानकारी नभएको समेत उपमेयर बोहराको भनाइ छ।


२३ भदौ २०७९, बिहीवार १४:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु