punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सन्दीपको निलम्बनबारे छलफल गर्दै क्रिकेट संघ

Chaupati
safha napa

राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) अनौपचारिक छलफलमा जुटेको छ । बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल चलिरहेको छ । उपत्यका बाहिर रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्द फर्किएपछि उपलब्ध पदाधिकारी तथा बोर्ड सदस्यहरुको बैठक बसेर निर्णय गर्ने क्यानको तयारी छ ।

क्यानका कानुनी सल्लाहकारले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको कानुनी व्यवस्थाबारे अध्ययन गरिरहेका छन् । क्यान अध्यक्ष चतुर बहादुर चन्दका अनुसार आरोप लाग्नासाथ निलम्बन गर्ने वा दोषी प्रमाणित भएपछि मात्रै कारबाही गर्ने दुबै अभ्यास अन्तर्राष्ट्रिय स्तरमा देखिएको छ ।

अध्यक्ष चन्द भन्छन्, ‘आरोप लागिसकेपछि अनुसन्धानमा त सहयोग गर्नैपर्छ । तर जानीजानी उसलाई (सन्दीपलाई) मर्का पर्ने गरी निर्णय पनि गर्नु हुँदैन ।’ सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै एक बालिकाले प्रहरीमा उजुरी दिएकी छन् ।


२२ भदौ २०७९, बुधवार १३:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु