punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौँ भित्रिने र बाहिरिनेको निगरानी

Chaupati
safha napa

काठमाडौँ,असार १० । कोरोना भाइरस सङ्क्रमणको महामारीबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँँ, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई नियन्त्रणमा लिई क्वारेन्टाइन पठाउने तयारी गरिएको छ । त्यसैगरी बाहिर जानेका लागि पनि सम्बन्धित जिल्लाको पालिकाबाट सिफारिस पत्र अनिवार्य गरिएको छ । आफूखुसी भित्रिनेलाई विभिन्न पार्टी प्यालेसमा बनाइएका क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको छ ।

काठमाडौँँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले असुरक्षित आवागमनका कारण कोरोना सङ्क्रमण बढ्ने भएकाले व्यवस्थित र सुरक्षित बनाउन उपत्यकामा आउने र बाहिर जानेमाथि थप कडा गरिएको बताए ।

निजी स्रोतबाट सञ्चालित विद्यालयका सञ्चालकले इन्टरनेटको पहुँच नभएका अभिभावकलाई अनलाइन कक्षामा बालबालिकाको सहभागिता बढाउन दबाब दिन थालेपछि काठमाडौँ भित्रिनेको सङ्ख्या बढ्न थालेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालका अनुसार विभिन्न नाकाबाट दैनिक एक हजार आठ सयभन्दा बढी सवारी साधन भित्रिने गरेका छन् । करिब एक हजार छ सय बाहिरिने गरेका छन् । उनले भने, पालिका तथा स्थानीय तहको सिफारिस नलिई आउनेलाई कारबाही हुन्छ ।

यसैबीच गृह मन्त्रालयले पनि बाहिरबाट काठमाडौँ उपत्यका भित्रिनेका लागि कम्तीमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मङ्गलबार निर्देशन दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी कोभिड–१९ नियन्त्रण निर्देशिका अनुसार लक्षण देखा परेमा मात्र स्वास्थ्य परीक्षणका लागि अस्पताल जाने व्यवस्था गरिएको छ । घरधनीहरूले बाहिरबाट आएकालाई डेरा तथा भाडाको कोठामा प्रवेश गर्नुअघि पीसीआर परीक्षण गर्न बाध्य गरेकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक एक हजारभन्दा बढी सर्वसाधारण पीसीआर परीक्षणका लागि जाने गरेको मन्त्रालयले जनाएको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।


१० असार २०७७, बुधवार ०४:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु