गौराको अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव’ हुने
गौरा पर्वको अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव २०७९’ हुने भएको छ । यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले राष्ट्रिय गौरा महोत्सव आयोजना गर्न लागेको हो ।
गौरा महोत्वस यहीँ भदौ २१ गतेदेखी २४ गतेसम्म जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले जनाएको छ । महोत्सवमा गौरानाच, वालो नाच, चैत, धुमारी, फाग, घुईचम्फा, हुड्केली, महिला तथा पुरुष देउडा जस्ता सांस्कृतिक कार्यक्रमहरू हुने भएका छन ।
महोत्सवमा संस्कृतीको ख्याल गर्दै परम्परा अनुसार नै मनाउने राधाकृष्ण मन्दिर विकास समितिले जनाएको छ ।
८ भदौ २०७९, बुधवार १०:१७ बजे प्रकाशित












