कांग्रेस नेता कृष्ण सिटौलालाई कोरोना संक्रमण

नेपाली कांग्रेका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार साँझ स्वास्थ्य परीक्षण गर्दा सिटौलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सिटौला अहिले निवासमा आइसोलेसनमा छन् । उनलाई चिकित्सकको परामर्श अनुसार आज दिउँसो अस्पताल भर्ना गर्ने तयारी छ ।

‘दिउँसो चिकित्सकसँग परामर्श हुनेछ । त्यसपछि अस्पताल भर्ना हुने कि निवासमै आइसोलेसन बस्ने टुंगो लाग्नेछ’, सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईले भने ।

सिटौला सत्ता गठबन्धनले चुनावी तालमेलको मोडालिटी बनाउन गठन गरेको कार्यदलका संयोजक हुन् ।


८ भदौ २०७९, बुधवार १२:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु