बैतडीमा हाल सम्म ३५ सय बढी उद्योग दर्ता
बैतडीमा हाल ३५ सय बढी उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय बैतडीमा अहिलेसम्म लघु, घरेलु र साना गरी ३ हजार ५ सय ९० उद्योगहरु दर्ता भइसकेका कार्यालयका सूचना अधिकारी लक्ष्मण साउँदले बताए।
साउँदका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ७५४ उद्योगहरु दर्ता भएका छन्। ०७७/७८ मा १३१ लघु, ४१८ घरेलु र ४५ साना उद्योग दर्ता भएका छन्।
बैतडीमा दर्ता हुने उद्योगहरुको संख्या बढ्दै गइरहेको भएपनि उत्पादन र रोजगारीको क्षेत्र फराकिलो हुन नसकेको बताइएको छ। घरेलु तथा साना उद्योग कार्यालय बैतडीका प्रमुख अम्बादत्त जोशीका अनुसार उद्योगहरुको संख्या बढे पनि उद्यमीहरु भने बढेका छैनन्।
दर्ता भएका कतिपय उद्योगहरुमा सरकारी पक्षबाट अनुदान प्राप्त भइसक्दा पनि काम नभएको पाइएको छ।
३० साउन २०७९, सोमवार ११:२३ बजे प्रकाशित































