सेतीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिड अस्थायी अस्पतालमा आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको अस्पतालले जनाएको छ । बिहीबार अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटीसको समस्या थियो ।

करिव ५ महिनापछि आज एक जना कोरोना संक्रमितको मृत्यु हो । पछिल्लो समयमा सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै गएको छ ।


२० साउन २०७९, शुक्रवार १०:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु