कोरोनाको चौथौ लहरसंग लड्न तयार छौं : मन्त्री बोहरा

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहराले बढ्डै गएको कोरोनाभाइरस संक्रमणको जोखिम फैलन नदिन प्रदेश सरकार सजग रहेको बताएका छन् । सामाजिक विकास मन्त्रालयले बुधवार धनगढीमा आयोजना गरेको स्वास्थ्य प्रबर्द्धन तथा संचार सम्बन्धी मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुको लागि पैरवी कार्यक्रममा मन्त्री बोहराले यस्तो धारणा व्यक्त गरेका हुन् ।

विगतका दिनको जस्तो समस्या नआउने र समस्या आइहालेमा पनि मन्त्रालय भिडन तयार रहेको उनले बताए । ‘हिजोका दिनमा अक्सिजन कै कारणले धेरै समस्या भएको थियो, ’उनले भने, ‘सबै ठाउँमा अक्सिजन प्रयाप्त रुपमा पुगेको छ ।’
प्रदेशका कुनै पनि जिल्लामा औषधी, अक्सिजन र भ्याकसिनको समस्या भयो भने तुरुन्तै उपलब्ध गराउने मन्त्री बोहराले दाबी गरे ।

सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेले महेन्द्रनगर र धनगढीमा गरेर एक हजार बेडको होल्डिङ सेन्टर तयार भइसकेको बताए । होल्डिङ सेन्टर तयार भएपनि भौतिक पूर्वाधारको काम केही बाँकी रहको उनले बताए ।
संघीय सरकारबाट आफूहरु लाई हस्तातरण नभएको उनको भनाइ छ । आवश्यक परेको खडमा होल्डिङ सेन्टरमा बिरामीहरु लाई राखेर उपचार गर्न व्यवस्था मिलाउने उनले बताए ।

प्रदेशका सबै अस्पतालहरुलाई तयारी अवस्थामा राखेको उनको भनाइ छ । कोरोना बढ्न साथ प्रदेशका सबै जिल्लामा जनशक्ति व्यवस्थापन गर्नका लागि मन्त्रलायले बजेट समेत व्यवस्थापन गर्नका लागि प्रक्रिया अगाडि बढाइसकेको उनले बताए ।

सेती प्रादेशिक अस्पतालका डाक्टर निराजन शर्माले हाल सेती प्रादेशिक अस्पतालमा कोभिडको लागि भनेर बनाइएको अस्पतालमा ४५ वटा बेड सञ्चालनमा रहेको र थप आवश्यक परेको खडमा ५० वटा बेड तयारी अवस्थामा रहेको बताए ।
एक पटकमा ९५ जना बिरामीलाई राख्ने सक्ने उनले बताए । कोभिडको आइसियु ५ वटा बेड, आइटिपेन्सि आइसियु १० वटा बेड र जनरल बेड ३० वटा रहेको उनको भनाइ छ ।

अस्पतालमा भेन्टिलेटर ३९ वटा रहेकोमा ८ वटा कोभिड आइसियुको लागि छुटाएको र अक्सिजन क्न्सटेडर ६९ वटा रहेको उनले बताए । २० हजार क्षमताको अक्सिजन टांयाकी राखिएको उनको भनाइ छ । ९५ जना बिरामीलाई एकै साथ अक्सिजन चलाउन परेपनि एक हप्ता सम्म अक्सिजनको समस्या नहुँने उनले बताए ।
हाल सम्म सेती प्रादेशिक अस्पतालमा एक हजार सात सय ६७ जनालाई भर्ना गरेर उपचार गरिएकोमा दुई सय २८ जनाले ज्यान समेत गुमाएको उनको भनाइ छ ।

दक्षजनशक्ति नहुँदा काम गर्न धेरै नै समस्या भएको उनले दुखेसो गरे । सुदूरपश्चिम प्रदेशमा हालसम्म ५६ लाख आठ हजार ४९ जनाका कोरोना संक्रमण देखिएको छ । जसमध्य पोजेटिभको संख्या ६० हजार ७१ जना रहेकोमा नेगेटिभको संख्या ५० लाख सात सय ७८ जना रहेका छन् ।

हालसम्म मृत्यु हुनेको संख्या छ सय ३३ रहेको छ । यसमध्य पनि एन्टिजेन परिक्षण गर्दा तीन लाख ३८ हजार तीन सय ९२ जनामा परिक्षण गर्दा १७ हजार सात सय ५२ जनामा पोजेटिभ देखिएकोमा ३२ हजार छ सय ४० जनामा नेगेटिभ देखिएकोमा यसबाट २४६ जनाको मृत्यु भएको छ ।

आरटिपिसिआर परिक्षण गर्दा २२ लाख दुई हजार चार सय ५७ जनाको परिक्षण गर्दा ४२ हजार तीन सय १९ जनामा पोजेटिभ देखिएको छ भने १८ हजार एक सय ३८ जनामा नेगेटिभ देखिएको छ । जसमध्य तीन सय ८७ जनाको मृत्यु समेत भइसकेको छ ।

हालसम्म प्रदेशमा पहिलो मात्रामा ९० प्रतिशतले खोप लगाइसकेको र दोस्रो मात्रामा ७५ प्रतिशतले र तेस्रो ९बुस्टर० ३५ प्रतिशतले खोप लगाइसकेका छन् ।हाल प्रदेशमा भ्याक्सिन स्टकको अवस्था बारे प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा आठ हजार डोज ९भेरोसेल० स्टक रहेको छ । बझाङमा ६४८ डोज ९भेरोसेल०,कैलालीमा ४४० डोज ९जोन्सन०,कञ्चनपुरमा २५० डोज ९जोन्सन०, २१३० डोज ९फाइजर०–बच्चालाई,बैतडीमा शुन्य,अछाममा शुन्य,दार्चुलामा ५६६ डोज ९भेरोसेल०,२२५ डोज ९जोन्सन०,डोटी १८५ ९भेरोसेल०,डडेल्धुरा ३६२० डोज ९फाइजर०–बच्चाका लागि स्टक रहेको छ ।

प्रदेशमा थप माग १० लाख ६३ हजार तीन सय ८६ डोज ९१८ वर्ष भन्दा माथि० र ६० हजार डोज ९१२ वर्ष देखि १७ वर्ष सम्म० का लागि खोप आवश्यकता रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


२० साउन २०७९, शुक्रवार ०८:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु