खोलो तर्ने क्रममा बगेर वडा सदस्यको मृत्यु
नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मङ्गलबार साँझ मृत्यु भएको छ ।
बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
खेतमा काम गरेर फर्कने बेला खोला तर्ने क्रममा उनलाई बगाएको हो । तामाङको शव करिब एक किलोमिटर तल वडा नम्बर १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताए ।
उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।
११ साउन २०७९, बुधवार ११:०९ बजे प्रकाशित













