कञ्चनपुरबाट छुटेको बस दाउन्नेमा पल्टिँदा आगलागी, ३१ जना घाइते

कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको बसमा आगलागी भएको छ । आज बिहान ना ५ ख ५१०० नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउमा पल्टिँदा आगलागी भएको हो।

नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेहरुलाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको नवलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । अन्य घाइतेहरूको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको बताइएको छ ।


११ साउन २०७९, बुधवार ११:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु