कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। धनगढीको वडा नम्बर २ पुरानो भन्सार रोडमा सोमबार साँझ मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धनगढीको नम्बर २ बस्ने अन्दाजी ५५ वर्षका नेत्रप्रसाद पन्त रहेका छन् ।
धनगढी ३ का २२ वर्षीय सौजन खड्काले चलाएको से ३ प ९९० नम्बरको मोटरसाइकलले पैदलयात्री पन्तलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

घाइते पन्तलाई माया मेट्रो अस्पतालमा ल्याइएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक खड्का र पछाडि सवार बैतडी दशरथचन्द–८ बस्ने २२ वर्षका रामचन्द्र शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


९ साउन २०७९, सोमवार २१:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु