कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।
दुर्घटनामा चालक कैलारी गाउँपालिका–१ का २१ वर्षीय नैनबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका चौधरीको नवजीवन अस्पतालमा उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज रिफर गरिएकोमा उनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
शुक्रबार साँझ जिल्लाको गौरीगंगा नगपालिका–११ शिवपुरस्थित भित्री सडकखण्डमा से ४ प ४९३९ नम्बरको मोटरसाइकलले घर नजिककै सडकछेउमा खेलिरहेका हेमन्त खातीका ४ वर्षीय छोरा नितेश खातीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट नितेशसहित मोटरसाइकलमा पछाडि सवार बर्दगोरिया गाउँपालिका–३ का ३१ वर्षीय जगदीश चौधरी घाइते भएका छन् ।
घाइते नितेशको सौगात मेडिकल बडैपुर र जगदीशको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
३२ असार २०७९, शनिवार ०९:३३ बजे प्रकाशित












