कञ्चनपुरमा उखु खेतभित्र एक पुरुषको शव फेला

कञ्चनपुरमा उखु खेतभित्र एक पुरुषको शव फेला परेको छ । जिल्लाको दोधराचाँदनी नगरपालिका–१०, अठार नम्बर पिल्लर नजिक शुक्रबार उखु खेतमा भारतीय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ ।

उक्त शव भारतको पिलिभितका बालअमृत राजबरको रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । स्थानीयले उखु खेतमा घाँस काट्दै गर्दा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकका आफन्त आएपछि शवको सनाखत भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ ।


३२ असार २०७९, शनिवार ११:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु