क्वारेन्टिनमै महिलामाथि सामूहिक बलात्कार गर्ने तीन जना पक्राउ
धनगढी,असार १ कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ की ३१ वर्षकी महिला शहिद स्मृति माध्यमिक विद्यालयमा क्वारेन्टिनमा बस्दै आएकी एक महिलामाथि बलात्कार भएको भन्दै आफन्तले प्रहरीसमक्ष उजुरी दिएका छन्। आइतबार दिउँसो ४ बजे पीडित महिलाका आफन्तले घटनाबारे प्रहरीलाई खबर गरेका थिए।
ईलाका प्रहरी कार्यालय लम्कीबाट गएको प्रहरी टोलीले सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिएको कैलालीका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले बताए।
पक्राउ पर्नेमा क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी र स्वयंसेवक रहेको प्रारम्भिक सूचना आएको छ पुष्टि भैसकेको छैन, प्रहरी नायब उपरिक्षक बिष्टले बताए।
१ असार २०७७, सोमवार ०५:०० बजे प्रकाशित































