punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरिता गिरी संसद र पार्टीबाट निष्काशित हुने

Chaupati
safha napa

काठमाडौँ,असार १ । सांसद सरिता गिरीलाई कारबाही गर्ने विषयमा समाजवादी पार्टीभित्र २ लाइन विचार देखिएको छ ।

पार्टी र सांसद दुबै पदबाट सँधैका लागि हटाउने वा केही समयका लागि हटाउने भन्ने बारेमा फरकफरक विचार पार्टीमा देखिएको एक नेताले सीआईएनसँग बताए ।

उनका अनुसार नयाँ राजनीतिक तथा प्रशासनिक नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी सांसद गिरीलाई पार्टीको ह्विप नमानेको कारण देखाउँदै कारबाही गर्ने तयारी भएको छ ।

‘हिजो नै संसदीय दलको बैठक बसालेर पार्टीबाट निस्कासन गरिएको जानकारी गराउने तयारी भएको थियो । तर संसदीय दलका नेता नभएको र बाहिर भए पनि मातहतका पदाधिकारीलाई कुनै निर्देशन नदिएका कारण अघि बढेन ।’ उक्त स्रोतले भन्यो ।

गिरीले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेपछि समाजवादी पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

दुवै निर्देशन पालना नगरेपछि समाजवादी पार्टी भित्र गिरीलाई कारबाहीको माग भएको छ । स्रोतले जनाए अनुसार एकै पटक पार्टीले निस्कासन गर्दा भोलि अदालतमा गएको अवस्थामा पनि प्रक्रिया नपुर्‍याएको भन्दै कारबाही फिर्ता लिन आदेश आउन सक्ने भएकाले स्पष्टिकरण सोध्ने अनि मात्रै निष्काषणको निर्णय गर्ने बारेमा पनि छलफल चलिरहेको छ ।

पार्टी नेता उपेन्द्र यादव छोराको विहेका लागि विराटनगरमा, डा. बाबुराम भट्टराई गोरखा र प्रमुख सचेतक उमाशङ्कर अरगरिया उदयपुर पुगेका कारण पनि सांसद् गिरीलाई कारबाही गर्न ढिला भएको हो ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।

पार्टीका सबै नेता काठमाडौँ फर्किएपछि अहिलेसम्मको स्थिति हेर्दा गिरीमाथि संसद र पार्टीबाटै निस्काशन गर्ने निर्णय हुने एक नेताले बताए ।-सीआईएन


१ असार २०७७, सोमवार ०९:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु