punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आयुर्वेदिक औषधि हो करेला

Chaupati
safha napa

आयुर्वेदिक मत अनुसार करेलाको फल तीतो, ज्वरनिवारक, कृमिनाशक, भोक बढाउने, मधुमेह रोगमा लाभदायक, शीतल, भेदक, हल्का पिसाबको रोग हटाउने, वायुनली प्रदाहमा उपयोगी, श्वासरोगीहरुका लागि लाभदायक, रक्तविकार र रक्ताल्पताको स्थितिमा पथ्य तरकारी र उत्तम औषधि, पित्त र कफका रोगीहरुका लागि उपयोगी, घाउ खटिरालाई सन्चो बनाउने ।

वर्षात्मा बारीमा पाइने साना करेलाहरु अत्यन्त तीतो, भोक बढाउने, कब्जनिवारक, कुष्ठ एवं छालाका अन्य रोगमा लाभदायक, त्रिदोषनिवारक, रक्तविकार र कृमिरोगमा पथ्य भोजन र उत्तम औषधि हुन् ।

करेलाको जरा आँखाका रोगहरु, गुद्वार दुख्ने, पोल्ने र योनीभ्रंसमा उपयोगी छ । युनानी मत अनुसार करेलाको फल तीतो, पौष्टिक, कृमिनाशक, अग्निवद्र्धक, यौन असक्षमतामा फाइदा गर्ने (कामोद्दीपक), फियोको रोगमा पथ्य, आमवात, आँखाका रोग, बवासिर, कुष्ठ एवं छालाका अन्य रोग, कमलपित्त, रक्तविकार, कब्ज आदि रोगहरुमा पथ्य भोजन र उत्तम औषधि मानिन्छ । करेलाको जरा संकोच र रगत बग्ने बवासिरमा हितकर छ । पातको रस कब्जनिवारक छ ।

साभार : ‘आरोग्य मूलबाटो’ बाट


१७ असार २०७९, शुक्रवार ०९:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु