punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

Chaupati
safha napa

बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको सुर्मा गाउँपालिका–२ रातोपडमा सडकमा काम गरेर घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्र्याक्टर बिहीबार राति घट्टेखोलामा दुर्घटना भएको थियो।

दुर्घटनामा २७ वर्षीय नरेश बोहराको मृत्यु भएको प्रहरीले बताएको छ। त्यस्तै, चालक विमल बोहरासहित ६ जना घाइते भएका र उनीहरु जिल्ला अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भइसकेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

ट्र्याक्टरको स्टेरिङले काम नगर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले बताए।


१७ असार २०७९, शुक्रवार १०:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु