मुक्त हलियाका धेरै समस्या समाधान गर्न सफल भएका छौं : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिममा अझै पनि मुक्त हलियाको पुनः स्थापना हुन नसकेको बताइएको छ । धनगढीमा बिहीबार भएको राष्ट्रिय मुक्त हलिया समाज महासंघको छैठौँ राष्ट्रिय महाधिबेशनमा उनीहरुले यस्तो बताएका हुन् ।
नेपाल सरकारले २०६५ भदौ २१ गते हलिया मुक्त भएको घोषणा गरेको थियो। तर पनि अझै पनि उनीहरुको पुनः स्थापना हुन नसकेको बताएका छन् ।

संबिधान सभाका सदस्य तथा हलिया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइलीले अझै पनि धेरै हलियाले परिचय पत्र समेत नपाएको गुनासो गरेका छन् । उनले मुक्त हलिया घोषणाको बर्षौ बितेपनि समस्या भने उस्तै रहेको बताए । मन्दिर तथा बाटोमा करोडौं रुपैयाँ छुट्याइएपनि तर मुक्त हलियाका निम्ती भने रकम नछुट्याइने उनले बताए । बजेट छुट्याउदा मुक्र हलियाका लागि पनि छुट्याउनु पर्ने उनले बताए । शिक्षा, स्वास्थ्य, आवास तथा रोजगारीमा मुक्र हलियाको पहुँच हुनुपर्ने उनको माग छ ।

हलियाका धेरै समस्या समाधान गर्न प्रदेश सरकार सफल भएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । ‘कतिपय समस्या समाधन गर्न नसकिएको भएपनि धेरै समस्या समाधान भएका छन् उनले भने, धेरै मागहरु सरकारले पुरा गरेको छ ।,’ तीनै तहको सरकारले साझेदारी गरेर अगाडी बढ्यौ भने यो समस्या समाधान गर्न गाह्रो नभएको उनको भनाई छ ।

प्रदेश सरकारबाट सम्बोधन हुने बिषयमा प्रदेश सरकारले काम गर्ने र अन्य बिषयका लागि संघिय सरकारसंघ समेत मिलेर समस्या समाधान गर्ने उनले बताए ।

 

 

 

 

 

 


२६ जेठ २०७९, बिहीवार २२:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु