पेट्रोलको मूल्य फेरि ८ रुपैयाँ बढ्यो, डिजेल १६५ पुग्यो
इन्धनको भाउ फेरि बढाइएको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको छ ।
निगमले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२र१२ रुपैयाँ बढाउने निर्णय गरेको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेलरमट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ ।
खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।
यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।
२७ जेठ २०७९, शुक्रवार ०८:४५ बजे प्रकाशित













