धनगढीको एक फेन्सी पसलमा आगलागी

धनगढीको एक फेन्सी पसलमा आगलागी भएको छ। उपमहानगरपालिका १ स्थित कैलाली जनपुस्तकायलय नजिकै रहेको सिमा सपिङ सेन्टरमा आगलागी भएको हो ।

विजुलीको तार सर्ट भई आगलागी भएको र पसलको सामान सबै जलेको छ । आगलागी ८ बजे भएको स्थानीयले बताएका छन् । क्षतिको विवरण भने आइनसकेको बताइएको छ। आगो प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा निभाइएको छ ।

No description available.

No description available.


२६ जेठ २०७९, बिहीवार २०:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु