काठमाडौंको फोहोर व्यवस्थापनबारे शुक्रबार स्थानीय वासिन्दासँग छलफल हुदैँ
काठमाडौं उपत्यकाको थुप्रिएको फोहोर व्यवस्थापनका विषयमा शुक्रबार बञ्चरे डाडाका स्थानीय वासिन्दासँग छलफल हुने भएको छ । छलफलमा शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिसँगै बञ्चरे डाडाका स्थानीय वासिन्दा पनि सहभागी हुने शहरी विकास मन्त्रालयले जनाएको हो ।
स्थानीय वासिन्दा, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको सर्वपक्षीय छलफल हुन लागेको शहरी विकास मन्त्री रामकुमारी झाँक्रीका प्रेस संयोजक विष्णु परियारले जानकारी दिए । परियारका अनुसार छलफलमा मन्त्री रामकुमारी झाँक्रीसहित मन्त्रालयका सचिव, बञ्चरे डाडा ल्याडफिड साइट आयोजना निर्देशक पनि छलफलमा सहभागि हुनेछन् ।
२६ जेठ २०७९, बिहीवार २०:०६ बजे प्रकाशित













