आजको मौसम: कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जसकारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा बागमती र गण्डकीका एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना छ ।

शुक्रबार प्रदेश १ , बागमती र गण्डकीका केही स्थान तथा मघेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ ।

हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।


२६ जेठ २०७९, बिहीवार ०८:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु