चितवनमा जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते

चितवनको रत्ननगरमा जन्ती बोकेको बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

आज दिउँसो रत्ननगरमा रहेको हरिहर मन्दिरमा विवाह सकेर खैरहनीतर्फ फर्कंदै गरेको ना ५ ख ६४३ नम्बरको बस रत्ननगर सब्जिमन्डीस्थित पूर्व-पश्चिम राजमार्गमा अनियन्त्रित भइ दुर्घटना हुँदा बसमा सवार १९ जना जन्ती घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ल प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी नरहरी अधिकारीका अनुसार घाइतेको रत्ननगर अस्पताल, भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइराखेको छ । बसमा ३० जना सवार थिए ।


२५ जेठ २०७९, बुधवार २०:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु