आज पनि संसद बस्दै, चार मन्त्रालयको बजेटमाथि छलफल हुने
आज पनि प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा चारवटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।
सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्यप्रसाद पाठकले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
२६ जेठ २०७९, बिहीवार ०८:५० बजे प्रकाशित












