punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको श्रीकेदार टुर्स एण्ड ट्राभल्सद्धारा करेन्ट लागेर घाइते भएका बालकलाई आर्थिक सहयोग

Chaupati
safha napa

कैलालीको धनगढीस्थित श्रीकेदार टुर्स एण्ड ट्राभल्सले करेन्ट लागेर घाइते भएका बालकलाई १ लाख सहयोग गरेको छ। डोटीको पुर्वीचौकी गाउँपालिका घर भई हाल कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुर बस्दै आएका ललितकुमार बडैलाका १४ वर्षीय छोरा बसन्तको उपचारका लागि ट्राभल्सले सहयोग गरेको हो। ट्राभल्सका प्रोप्राइटर नवीन रावलका अनुसार सामाजिक उत्तरदायित्व बहन गर्दै बसन्तको उपचारका लागि नगद एक लाख सहयोग गरिएको हो।

उनले करेन्ट लागेर घाइते भएका बसन्तका मामा गोकुल कुँवरलाई सहयोग रकम हस्तान्तरण गरिएको बताए। ‘करेन्ट लागेर घाइते भएका बसन्तले दुबै हात गुमाएका छन्,’ रावलले भने, ‘उपचारमा १० लाख खर्च हुने जानकारी पाएपछि ट्राभल्सका सञ्चालक र कर्मचारीबाट रकम संकलन गरेर सहयोग गरेका हौं।’

ट्राभल्सले पछिल्लो समय सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग गर्दै आएको छ। बसन्त एक महिना अगाडि करेन्ट लागेर घाइते भएका थिए। कलिका माविको छतमा खेल्दै गरेको अवस्थामा उनलाई करेन्ट लागेको थियो। उनको अहिले भारतको लखनउस्थित केजी एमयू अस्पतालमा उपचार भइरहेको छ।


२३ जेठ २०७९, सोमवार १९:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु