punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाम घटनाबारे बोल्यो एमाले : दोषिमाथि कडा कारबाहीको माग

Chaupati
safha napa

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले अछाम घटनाबारे आफ्नो प्रेस विज्ञप्ति निकालेको छ। आज एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठकद्रारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्तिमा अछाम जिल्लाको पन्चदेवल नगरपालिका वडा न.०४ घर भै श्री विद्या मन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी विनोद शाहिको बेपत्ता पछि मृत अवस्थामा भेटिएको भन्दै उक्त घटनामा राज्यका जिम्मेवार निकायप्रति ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा लेखिएको छ यहि जेठ १७ गतेका दिन स्थानीय निकायको निर्वाचनलाई लिएर भएको सामान्य विवादपछि प्रहरीले गाउँमा परेको धरपकडपछि विनोद शाही बेपत्ता हुनु,प्रहरी समेतको संलग्नतामा गाउँमा ज्याजती हुनु र जेठ २१ गतेका दिन निज मृत अवस्थामा फेला पर्नुले निज विनोद् शाहीको षड्यन्त्रमुलक तवरले हत्या भएको देखिन जान्छ।

यस् घटनाको सत्यतथ्य छानबिन गर्न,दोषीमाथि कारबाही गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी जोडदार माग गर्दछ। निज शाही मृत अवस्थामा फेला परेपछि मृतकका आफन्तहरु प्रशासनप्रति रुष्ट बनेका छन् ।

May be an image of text


२३ जेठ २०७९, सोमवार १९:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु