punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारत लैजाँदै गरेको अवस्थामा दशगजा क्षेत्रबाट युवतीको उद्धार, भारतीय युवक पक्राउ

Chaupati
safha napa

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की अन्दाजी १९ वर्षीया युवतीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ।

दोधरा चाँदनी नगरपालिका–७ कञ्जभोज नजिक दशगजा क्षेत्रबाट प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णदत्त भट्ट र माइती नेपालको संयुक्त टोलीले युवतीको शनिबार साँझ उद्धार गरेको हो।

युवतीलाई भारततर्फ लग्ने कार्यमा संलग्न भारत उत्तर प्रदेश बलरामपुर पोष्ट जितौरीया पुरनपुर पिलिभितका वर्ष २९ का पवन यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले विशेष सूचनाका आधारमा बाबाथान प्रहरी चौकीका इन्चार्ज भट्टसँग समन्वय गरी दशगजा क्षेत्रबाट युवतीको उद्धार गरिएको जानकारी दिए।

युवतीलाई झुक्याएर भारत लैजाँदै गरेको अवस्थामा आरोपीलाई पक्राउ गर्नुको साथै युवतीको उद्धार गरिएको प्रहरीले जनाएको छ। रासस

 


२२ जेठ २०७९, आइतवार १०:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु