punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको एक पसलमा आगलागी

Chaupati
safha napa

कैलालीको एक पसलमा आगलागी भएको छ। जिल्लाको कैलारी गाउँपालिका–१ रानामुडाका हरिप्रसाद चौधरीको किराना तथा साइकल मर्मत पसलमा शनिबार राति १० बजे आगलागी भएको हो। अचानक बिजुलीको तार सर्ट भई आगलागी भएको बताइएको छ।

पसलमा रहेका किराना समानहरु, साइकलका टायर र ट्युबहरु पूर्णरुपमा जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आगलागीबाट दुई लाख पचास हजार बराबरको क्षति भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। आगलागी राति नै नियन्त्रणमा लिइएको बताइएको छ।


२२ जेठ २०७९, आइतवार १०:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु