punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छोराको कुटपिटबाट आमा गम्भीर घाइते

Chaupati
safha napa

कैलालीमा आफ्नै छोराको कुटपिटबाट एक आमा गम्भीर घाइते भएकी छिन्। जिल्लको टीकापुर नगरपालिका–१ का २४ वर्षीय सागर शाहीले ४५ वर्षीया आमा मीना शाहीको टाउकोमा ढुङ्गाले हानेर गम्भीर घाइते बनाएका हुन्।

उनले शनिबार राति १० बजे घरायसी कुरामा विवाद हुँदा आफ्नै आमाको टाउकोमा ढुङ्गाले हानी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएकी मीनालाई उनका आफन्तले टीकापुर अस्पताल पुर्‍याएका थिए।

अस्पतालमा सामान्य उपचारपश्चात उनलाई थप उपचारका लागि राति नै कोहलपुर मेडिकल कलेज रिफर गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। आमालाई हानेर सागर फरार भएका र उनको खोजी कार्य भइरहेको प्रवक्ता जोशीले बताए।


२२ जेठ २०७९, आइतवार १०:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु