धनगढीमा जुवा खेलिरहेका ५ जना पक्राउ
धनगढीमा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका १ स्थित बसन्त टोलबाट जुवा खेलिरहेका ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा डोटी दिपायल सिलगढी ६ घर भएका हाल धनगढी ३ बस्ने तेजबहादुर बोगटी, धनगढी १ बस्ने धनबहादुर खड्का, धनगढी १ बस्ने वर्ष रमेश श्रीमाल, धनगढी ७ बस्ने रामकृष्ण राना र धनगढी ७ बस्ने शान्तराम चौधरी रहेका छन्।
उनीहरुको साथबाट नगद ८६ हजार बरामद पनि गरेको प्रहरीले जनाएको छ।
२१ जेठ २०७९, शनिवार १७:४४ बजे प्रकाशित






























