punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाम जिससको संयोजकमा कांग्रेसका कुँवर विजयी

Chaupati
safha napa

अछाम जिल्ला समन्वय समितिको संयोजकमा नेपाली कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर विजयी भएका छन् । १२ मत प्राप्त गरेर कुँवर जिल्ला समन्वय समितिको संयोजकमा विजयी भएका हुन ।
एमालेबाट उम्मेदवार रहेका दुर्गाप्रसाद भण्डारीले छ मत प्राप्त गरेर गरी पराजित भए । उपप्रमुखमा कांग्रेसकै दानमती बम शाही र सदस्यमा कांग्रेसकै नरेन्द्र कुँवर, लक्ष्मी सुवर्णकार, द्वारिका उपाध्याय १२–१२ मत, पूर्ण रावलले ११ मत चक्राकुमारी रावलले ९ मत ल्याएर सदस्यमा विजयी भए ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन हुँदा जिसस सदस्यमा माओवादीबाट प्रनाथ विकले ९ मत र समाजवादीबाट सिता भण्डारीले १२ मतले जिल्ला समन्वय समितिको सदस्यमा जित हासिल गरे ।
अछामका १० स्थानीय तह मध्येमा कांग्रेसले प्रमुख र उपप्रमुख गरेर ११, एमालेले छ, माओवादीले दुई र समाजवादीले एक जितेको छ ।


२१ जेठ २०७९, शनिवार १७:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु