कैलालीमा रुखबाट लडेर एक बालकको मृत्यु
कैलालीमा रुखबाट लडेर एक बालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडानम्बर ७ स्थित जाखोर तालमा वनफल टिप्न रुख चढेका बालकको लडेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १४ वर्षीय विवेक चौधरीको रुखबाट लडेर शनिबार मृत्यु भएको हो। यस्तै उनीसँगैका १८ वर्षीय हस्त जोशी पनि लडेर घाइते भएको प्रहरीले जनाएको छ।
घाइते जोशीको नवजीवन अस्पतालमा उपचार भइरहेको बताइएको छ।
२१ जेठ २०७९, शनिवार १५:३९ बजे प्रकाशित































