ग्यास सिलिण्डर पड्किँदा बालिकाको मृत्यु
खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका-९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीया छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् ।
सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएकोे उनले जानकारी दिए ।
२१ जेठ २०७९, शनिवार १२:५९ बजे प्रकाशित































