डडेल्धुरामा ट्रक दुर्घटना हुदा चालकको मृत्यु
डडेल्धुरा,जेठ २५। डडेल्धुराको अमरगढी नगरपालिका-१० राईमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा बैतडीको पाटन नगरपालिका-८ खोड्पे जुगेपानीका ४८ वर्षीय जयदेव बिष्टको मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ ।
कपिलबस्तुबाट सिमेन्ट बोकेर बाजुरा जाँदै गरेको ना५ख २२४६ नम्बरको ट्रक शनिबार राति दुर्घटना भएको प्रहरीको अनुमान छ । कतिबेला दुर्घटना भयो भन्ने यकिन नभएको उक्त ट्रक शनिबार राति ११ बजे स्याउले ट्राफिक प्रहरी पोष्टमा दर्ता भएको देखिएको छ ।
स्याउलेदेखि दुर्घटना भएको क्षेत्र चार किलोमिटरको दुरीमा भएकाले ट्रक शनिबार राति नै दुर्घटना भएको हुने सक्ने डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।
२५ जेठ २०७७, आइतवार १२:३२ बजे प्रकाशित





























