२१० मेगावाटको चैनपुर-सेती आयोजनालाई कार्यान्वयनमा लगिने
बझाङको २१० मेगावाटको चैनपुर–सेती आयोजनालाई कार्यान्वयनमा लगिने भएको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो आयोजनालाई अगाडि बढाउने बताएका हुन् ।
यो आयोजना साइपाल गाउँपालिकाको काँडामा ड्याम बाँधेर तलकोट गाउँपालिकाको बस्तीमा निर्माण हुनेछ । त्यस्तै, अर्थमन्त्री शर्माले पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनको निर्माण कार्य अगाडि बढाउन नेपालको तर्फबाट गरिने तयारी कार्यलाई तीव्रता दिइने बताए ।
१५ जेठ २०७९, आइतवार १८:१० बजे प्रकाशित































