इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय बनाइने
काठमाडौं उपत्यमा इन्धनबाट चल्ने निजी तथा सार्वजनिक सवारी साधनलाई क्रमशः विद्युतीय सवारीमा परिणत गरिने व्यवस्था मिलाइने भएको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९र८० को लागि बजेट पेस गर्दै क्रमिक रुपमा विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिने बताएका हुन् ।
त्यस्तै, देशका प्रमुख शहरहरूमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने प्रवन्ध मिलाइने शर्माले जानकारी दिए ।
१५ जेठ २०७९, आइतवार १८:१५ बजे प्रकाशित































