punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मापसे गरी होहल्ला गर्ने ७ जना नियन्त्रणमा

Chaupati
safha napa

अछाममा मापसे गरी होहल्ला गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित समर्पण होटेल एण्ड बारमा मापसे गरी होहल्ला गर्ने ७ जनालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साँफेबगर नगरपालिका ३ का अन्दाजी २४ वर्षीय उपेन्द्र कुँवर, ३९ वर्षीय जंग कुँवर र २४ वर्षीय रोशन कुँवरलाई नियन्त्रणमा लिइएको हो।

त्यस्तै साँफेबगर १३ का अन्दाजी २५ वर्षीय मदन बाब्ली, २६ वर्षीय तिलक नेपाली, ३७ वर्षीय ईश्वर बटाला र २४ वर्षीय टेक बटालालाई पनि नियन्त्रणमा लिइएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए । उनीहरुलाई इलाका प्रहरी कार्यालय साँफेबगरमा राखिएको छ।


१५ जेठ २०७९, आइतवार १८:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु