punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शिक्षामा ७० अर्ब ५ करोड बजेट विनियोजन

Chaupati
safha napa

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । शिक्षाका लागि प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्व १ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका हुन् ।

उनले प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड विनियोजन गरिएको बताए । आगामी आर्थिक वर्षमा कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिने र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १ हजार २०० विद्यालयका लागि प्राविधिक भवन बनाइने बजेट बक्तव्यमा उल्लेख छ ।

उनले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाइने बताए ।

 


१५ जेठ २०७९, आइतवार १७:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु