punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गेटा मेडिकल कलेजका लागि १५ हजार हस्ताक्षर प्रशासन मार्फत प्रधानमन्त्रिलाई बुझाइयो

Chaupati
safha napa

कैलालीको गेटामा निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेज यथासिघ्र संचालनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई करिब १५ हजार हस्ताक्षर बुझाइएको छ । आइतबार सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशी मार्फत ‘गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समिति अत्तरिया’ ले प्रशासन कार्यालयलाई हस्ताक्षर बुझाएको हो ।

हस्ताक्षर बुझाउँदै संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले प्रस्तावित गेटा मेडिकल कलेज संचालनको मोडालिटी तत्काल बनाइनुपर्ने बताए । उनले ६ सय बेडको अस्पताल सहित यसलाई प्रतिष्ठानका रुपमा संचालन गरिनुपर्ने बताए ।

‘३ सय बेडको अस्पतालको कुरा पनि आइरहेको छ । अहिले ६ सय बेडका लागि भवन बनेकाले पुर्ण क्षमतामा अस्पताल संचालन आउनु पर्छ’ उनले भने ‘यसलाई तत्काल एमबिबिएस पठाई हुने मोडेलमा संचालन गरिनुपर्छ । सरकारले आज ल्याउने बजेटमा अस्पताल कुन मोडेलमा संचालन गर्ने भन्ने कुरा स्पष्ट उल्लेख गरिनुपर्छ ।’

हस्ताक्षर बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जिल्ला प्रशासन मार्फत हस्ताक्षर प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । संघर्ष समितिले बिगत ५ दिन देखि प्रस्ताबित मेडिकल कलेजका लागि आगामी आर्थिक बर्षमा आवश्यक बजेट बिनियोजन गरिनु पर्ने र प्रस्ताबित मेडिकल कलेज संचालनको मोडालिटी तय गरी ऐन कानुन बनाउनु पर्ने माग राख्दै आएको छ ।


१५ जेठ २०७९, आइतवार १३:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु