punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सम्पर्कविहीन विमानको खोजी तीब्र पार्न गृहमन्त्रीको निर्देशन

Chaupati
safha napa

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआइजीपी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी विमान खोजीका लागि सबै स्रोतसाधन परिचालन गर्न मन्त्री खाणले निर्देशन दिएको गृहमन्त्रालयले जनाएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा थियो । लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूलाई उद्धृत गर्दै आचार्यले बताए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाणको निर्देशनपछि धौलागिरी आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीहरुलाई अलर्टमा रहन निर्देशन दिएको बताएका छन् ।

विमान खोज्न फिस्टेल एयरको हेलिकप्टर मुस्ताङबाट उडिसकेको छ । काठमाडौंबाट सेनाको हेलिकप्टर पठाउने तयारी पनि भइरहेको छ ।सम्पर्क विहीन भएको जहाजमा ६ विदेशी र १३ नेपाली यात्रु छन् ।


१५ जेठ २०७९, आइतवार १३:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु