खुकुरी प्रहार गर्न खोज्ने युवक प्रहरीको नियन्त्रणमा

कञ्चनपुरमा खुकुरी प्रहार गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका-३ का १९ वर्षीय कविराज भट्टलाई  प्रहरीले पक्राउ गरेको हो ।

उनले वेदकोट नगरपालिका-९ का १८ वर्षीय सुनिल विष्टमाथि खुकुरी प्रहारको प्रयास गरेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।

प्रवक्ता शाहका अनुसार महेन्द्रनगर बजारको गल्लि नम्बर -५ मा विष्टमाथि खुकुरी प्रहारको प्रयास भएको थियो। प्रहरीले घट्ना बारे अनुसन्धान गरिरहेको छ ।


१३ जेठ २०७९, शुक्रवार १२:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु