गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै कलेजमै सांकेतिक उपचार

कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै प्रस्तावित मेडिकल कलेजमै सांकेतिक उपचार गरिएको छ । कलेज सञ्चालनको माग गर्दै भवन निर्माण स्थलमा सांकेतिक विरोध स्वरुप उपचार तथा चेकजाँच गरिएको हो ।

No description available.

नागरिक अगुवा तथा आन्दोलनरत समुहले आज मेडिकल कलेज परिसरमै विरोध स्वरुप बिरामी जाँच गरेका छन् । बिरामी उपचारको लागि डाक्टर सहितको टोली त्यहाँ पुगेको थियो।

No description available.

पूर्वाधार निर्माणको काम ९० प्रतिशत पुरा भइसक्दा समेत मेडिकल कलेज सञ्चालनका लागि सरकारले कुनै योजना नल्याएको भन्दै नागरिक समाज, राजनीतिक दल तथा सरोकारवाला निकायले धनगढीमा हस्ताक्षर अभियान पनि सुरु गरेको छ ।

कलेज सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै बिहिबारदेखि धनगढीमा हस्ताक्षर अभियान पनि सुरु भएको हो ।

 


१३ जेठ २०७९, शुक्रवार १२:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु